२० जेठ २०८२, सोमवार

पहिलो भेल नै थेगेन ‘एसियन हाइवे’को डाइभर्सनले

१८ जेठ २०८२, शनिवार
Image

झापा, १७ जेठ । पूर्वीखण्डमा निर्माणाधीन ‘एसियन हाइवे’को डाइभर्सनले बाढी थेग्ने अवस्था छैन भनेर लोकतन्त्र पोस्टले पटकपटक समाचार लेखेको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको भनाई उद्धृत गर्दै यसपालीको बाढीको विपद् राजमार्गमै देख्न पाइने चेतावनी पनि लोकतन्त्रले प्राथमिकता दिएर छापेको थियो ।

आज राति आएको यसवर्षको पहिलो बाढीले ती पूर्वानुमानहरु सत्य सावित गरिदिएको छ । मेचीनगरको धुलाबारी, चारआली र काँकरभिट्टा खण्डमा राजमार्गको तीन वटा अस्थायी सडक (डाइभर्सन)ले बाढीको पहिलो भेल नै थेग्न सकेनन् । 

काँकरभिट्टाको कालीखोला, धुलाबारी धाइजन ढाटनेरको ढुकुरे कल्भर्ट र चारआली जंगलको ‘हात्तीको पुल’ भनेर चिनिने ‘एनिमल अन्डरपास’को अस्थायी सडक (डाइभर्सन) आज विहानै बाढीको भेलमा बगेको छ ।

ती स्थानमा राजमागै नै अवरुद्ध हुन पुग्यो । छ घण्टाभन्दा बढीको कसरतपछि ढुकुरे कल्भर्ट र कालीखोलाको डाइभर्सन मर्मत गरेर बल्ल यातायात सञ्चालन हुनसक्ने तुल्याइएको छ । बाढीले बगाएको तीनवटै डाइभर्सन मेचीनगरमा छन् ।


एसियन हाइवेको हालत तस्वीरमा हेर्नुहोस्
बर्खा अघि नै एसियन हाइवेमा डाइभर्सनको काम सक्न निर्देशन
लोकराजको चेतावनी–‘यसपाली बर्खामा राजमार्गमै विपद् आउँछ’