झापा, १७ जेठ । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी भट्टराईले पार्टीले अब भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउनु भएको छ ।
पार्टीको आज सम्पन्न पदाधिकारी बैठकमा बोल्दै उहाँले कतिपय भ्रष्टाचारका घटनाले झापा जिल्लाको बद्नामी भएको र त्यसको छानविनमा ठूला भनाउँदा राजनीतिक दलहरु मौन बसेको आरोप लगाउनुभयो ।
एकीकृत समाजबादी भ्रष्टाचार र बेथिति सहेर नबस्ने पार्टी भएको दावी गर्दै उहाँले गिरीबन्धु र भूटानी शरणार्थी प्रकरणको छानविन गरिनु पर्ने माग गर्नुभयो ।
विर्तामोडमा भएको बैठकमा पार्टीका झापा सह इन्चार्ज निलमणी बराल, पूर्ब अध्यक्ष बेदराज रेग्मी, प्रदेश कमिटी सदस्यद्वय शुशिला तिवारी र श्रीप्रसाद सिटौला, जिल्ला सचिब सानुकुमार लामा, उपसचिवद्वय श्रीप्रसाद मिश्र र उदय बराइलीको उपस्थिति रहेको थियो ।