२५ जेठ २०८२, शनिवार

पूर्वराष्ट्रपति भण्डारी आउँदा झापामा भब्य स्वागत

२४ जेठ २०८२, शुक्रवार
Image

झापा, २३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ विर्तामोड आइपुग्नु भएको छ ।

कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको शनिवार उहाँले विर्तामोडको देवी माविमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताउनुभयो ।

साँझ ७ बजेर ३० मिनटमा पूर्वराष्ट्रपति भण्डारी विर्तामोडको होटल सिद्धार्थमा आइपुग्नु हुँदा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको ठूलो पंक्तिले स्वागत गरेको थियो ।

पार्टीका कोशी प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईसहित आइपुग्नु भएको भण्डारीलाई नेकपा एमालेका झापा अध्यक्ष प्रेम गिरी, अनेमसंघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, पार्टीको कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेल, पार्टीका जिल्ला उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, युवा नेताहरु पर्वत भण्डारी, रोजिना पाण्डे लगायतले फूलका गुच्छा र खादा दिएर स्वागत गर्नु भएको थियो ।