झापा, २४ जेठ । अर्जुनधारा - ११ मा तेह्रथुमको जिरीखिम्तीवाट पाहुना आएका दुई बालकको आज विहानै डुबेर मृत्यु भएको छ ।
स्थानीय नमुना सामुदायिक बनभित्र रहेको दिमदिमे पोखरीमा विहान ८ बजे डुबेको अवस्थामा दुबै वालकलाई स्थानीयले फेला पारेका थिए ।
मृतकहरु १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन् ।
स्थानीय बासिन्दाले उद्धार गरी बिएन्डसी पुऱ्याएका थिए । डाक्टरहरुले जाँच गरेपछि दुबै वालकलाई ८ः३० बजे मृत घोषणा गरेका थिए ।