२८ जेठ २०८२, मङ्गलवार

अमेरिकी नागरिकलाई चाडमा आउन प्रतिबन्ध

२७ जेठ २०८२, सोमवार
Image

झापा, २६ जेठ । अमेरिकाले लगाएको प्रतिबन्धका बदलामा अफ्रिकी मुलुक चाडले पनि अमेरिकी नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ ।

चाडका राष्ट्रपति महम्मद इद्रिसले आज फेसबुकमार्फत उक्त प्रतिबन्धको घोषणा गर्नु भएको हो ।

‘अमेरिकालाई दिनका लागि हामीसँग हवाइजहाजहरु छैनन्, अर्बौ सम्पत्ति छैन,’ इद्रिसले भन्नुभएको छ–‘हामीसँग स्वाभिमान र गरिमा छ । जवाफको सिद्धान्त अनुसार अमेरिकी नागरिकहरुलाई चाडमा प्रवेश निषेध गरिएको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको सुरक्षामा खतरा पुर्याएको भन्दै चाड लगायत १२ मुलुकका नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध घोषणा गरेपछि चाडको यस्तो प्रतिक्रिया आएको हो ।