मेचीनगर, २८ जेठ । जंगली हात्तीलाई छेक्न लगाइएको तारबाट करेन्ट लागेर कचनकवल गाउँपालिका–७ बैगुनबारी बस्ने किर्खनाथ खनालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज विहान बाख्रा चराउन जाँदा करेन्ट लागेर उहाँको घटनास्थमै मृत्यु भएको हो ।
खनाल आफैंले हात्तीबाट अन्नबाली जोगाउन बारीमा विद्युतीय तारबार लगाउनुभएको प्रहरीको भनाई छ ।