झापा, २८ जेठ । चट्याङले लागेर बुद्धशान्ति र शिवसताक्षी नगरपालिकामा दुई जना घाइते भएका छन् ।
पानी र हावाहुरीसहित परेको चट्याङ लागेर बुद्धशान्ति गाउँपालिका–४ का ६० बर्षीय पुण्य पौडेल र शिवसताक्षी नगरपालिका–७ टेक्रा बस्ने ४४ बर्षीया डम्बरकुमारी भूजेल घाइते भएका हुन् ।
भूजेलको गाई समेत चट्याङ लागेर गोठमै मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।