२२ साउन २०८२, बुधवार

प्रसाईलाई धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

२० साउन २०८२, सोमवार
Image

झापा, १९ साउन । उच्च अदालत पाटनले राजाबादी आन्दोलनको क्रममा थुनामा रहेका अयिभन्ता दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सुदर्शन भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले आज त्यस्तो आदेश दिनु भएको हो ।

अदालतको आदेश अनुसार बैंकिङ कसुरमा रु. २५ लाख, तीनकुने घटनासम्बन्धी मुद्दामा रु. ३ लाख र राज्यविरुद्धको अपराधमा रु. ३ लाख ५० हजार धरौटी बुझाएपछि प्रसाईलाई थुनामुक्त गरिने भएको छ । 

धरौटीमा थुनामुक्त गर्नका लागि अदालतले प्रसाईको क्यान्सर सर्भाइभर रहेको स्वास्थ्य अवस्थालाई मुख्य आधार बनाएको छ ।