३२ साउन २०८२, शनिवार

झुम्का कारागारबाट फरार कैदी विर्तामोडमा पक्राउ

३२ साउन २०८२, शनिवार
Image

झापा, ३१ साउन । दुई दिन अघि सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदी आज विहान झापामा पक्राउ परेका छन् ।

जबर्जस्ती करणी कसुरमा सजाय भोगिरहेका खोटाङ जिल्लाको दिप्रुङचुचुमा गाउँपालिका वडा नं. २ का २८ वर्षीय रुपक पौडेल साउन २८ गते झुम्का कारागारको पार्खाल नाघेर फरार भएका थिए ।

विर्तामोड नगरपालिका वडा नं. १० विराटपोखरको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीको खोजतलास टोलीले आज विहान ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । पौडेललाई सुनसरी जिल्ला अदालतले १३ वर्ष कैद, रु. पाँच लाख जरिवाना र रु. ३० हजार क्षतिपूर्ति सजाय तोकेको थियो ।