झापा, १० भदौ । कनकाई नदीको पश्चिमी तटमा रहेका रमणीय स्थल दोमुखा धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । आउँदो भदौ १४ गते यसको व्यवस्थापकीय नेतृत्वका लागि गठित दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको निर्वाचन हुँदैछ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको नेतृत्व चयनका लागि हुने यो निर्वाचन भने निकै रोचक हुने भएको छ । उम्मेद्वारहरु राजनीतिक दलको समर्थन लिएर प्रतिष्पर्धामा उत्रिएका छन् ।
निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि तीन उम्मेद्वार मैदानमा उत्रिएका छन् । प्रारम्भमा चार उम्मेदवार रहेको भए पनि धनप्रसाद लावतीले उम्मेद्वारी फिर्ता लिएपछि अब किरण ओली, मनबहादुर मगर (मणि) र मोहनबहादुर कार्कीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
ओली होटल व्यवसायी हुनुहुन्छ । मगर भने किसान महासंघमा लामो समय काम गरेका व्यक्ति हुनुहुन्छ । कार्की कुखुरा पालक व्यवसायी हुनुुहुन्छ ।
अध्यक्षका उम्मेद्वार मगरले प्रगतिशील प्यानलको नेतृत्व गरिरहनु भएको छ भने कार्कीले लोकतान्त्रिक प्यानलको । राजनीतिक दलहरु अग्रभागमा नदेखिए तापनि उम्मेद्वारहरु दलकै समर्थनमा उठेका हुन् ।
उपाध्यक्ष पदमा ठाकुर प्रसाद ढकाल (केशव( र प्रेमध्वज जवेगु बीच प्रतिस्पर्धा हुने भएको छ । द्वितीय उपाध्यक्ष पदमा दुई उम्मेद्वार रहेका छन् । जसमा इन्द्रप्रसाद न्यौपाने र कृष्णबहादुर बस्नेत छन् ।
सचिव पदमा धनकुमार ढकाल र तेजबहादुर भट्टराई, सह सचिवमा अग्नीप्रसाद राई र देवीबहादुर चेम्जोङ्ग, कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) र रेनुका फुयलको बीच प्रतिस्पर्धा हुनेछ ।
खुल्ला सदस्य ५ जनाका लागि ११ जना बीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा सूर्यप्रसाद निरौला, केशरबहादुर हङ्गाम, उमेश माझी, बलबहादुर खुलाल, रेवतप्रसाद संग्रौला, मित्रप्रसाद थापा, प्रेमप्रसाद फुयल, महेन्द्र जोगी (गोपाल), कृष्णचन्द्र सेलिङ्ग, हरेराम शाह, प्रेमनाथ जोगी रहेका छन् ।
त्यस्तै, ४ महिला सदस्यका लागि राममाया सम्सुहाङ्ग (हिना), सविना लिम्बु (खेवा), सीता खत्री, मनकुमारी लावती योङ्गहाङ, गंगादेवी खतिवडा, कमला लिम्बु, सिर्जना लिम्बु, उर्मिला सार्की बीच चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।
संस्थामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १, महिला आरक्षण सदस्य ४ र खुल्ला सदस्य ५ रहने व्यवस्था रहेको छ ।
संस्थामा मतदाताको रुपमा एक हजार २७५ आजीवन सदस्य र ८५ साधारण सदस्य रहेका छन् ।