४ असोज २०८२, शनिवार

भारतीय सीमा नजिकै बाहुनडाँगीमा हात्ती मृत फेला

४ असोज २०८२, शनिवार
Image

मेचीनगर, ४ असोज । मेचीनगर–१ देवीगञ्जस्थित भारतीय सीमा नजिक एउटा जंगली हात्ती आज विहान मृत फेला परेको छ । 

बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार स्थानीयको धानबारीमा मरेको अवस्थामा हात्ती भेटिएको थियो ।

उहाँले मरेको हात्ती २२ वर्ष जतिको पोथी भएको बताउनुभयो । प्रसाद गौडाबाट शुक्रवार राति १२ वटा जंगली हात्ती नेपाल पसेका थिए । तीमध्ये एउटा मरेको हो । हात्ती मर्नुको कारण खुलेको छैन ।