१२ कार्तिक २०८२, मङ्गलवार

भेटिएको नगद लिन आउन आग्रह

१२ कार्तिक २०८२, मङ्गलवार
Image

झापा, ११ कात्तिक । मेचीनगर नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गमा रु. १५ हजार ४०० नगद फेला परेको छ ।

नेकपा एकीकृत समाजबादी झापाका अध्यक्ष वीपी भट्टराईले आज दिउँसो १२ः५० बजेतिर उक्त नगद सडकमा अलपत्र अवस्थामा फेला पार्नु भएको हो ।

उहाँले नगद हराउनु हुने महानुभावले नोटको विवरणसहित दावी गरेर आफ्नो नगद फिर्ता लैजानु हुन अनुरोध गर्नु भएको छ । उक्त नगद लोकतन्त्र पोस्टको कार्यालयमा सुरक्षित राखिएको छ । 

‘म घरबाट धुलाबारीतर्फ जाँदै थिएँ,’ पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका निवत्र्तमान अध्यक्ष समेत रहनु भएको भट्टराईले लोकतन्त्र पोस्टसँग भन्नुभयो– ‘सडकमा नोट छरिएको अवस्थामा देखेँ । जसको हराएको हो उसले छिटो फिर्ता पाउनका लागि लोकतन्त्र पोस्टमा जिम्मा दिएको हुँ ।’

नगद हराएको महानुभावले नोटको विवरण र आफ्नो परिचय खुल्ने कागजातसहित सिधै लोकतन्त्र पोस्टको धुलाबारीस्थित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन उहाँले आग्रह गर्नु भएको छ । 

लोकतन्त्र पोस्टको मोवाइल नं. ९८५२६७३६२३ वा नगद भेटाउनु हुने वीपी भट्टराईको मोवाइल नं. ९८४२६२३७७० मा सम्पर्क गर्न सक्नु हुनेछ ।