१४ कार्तिक २०८२, बिहिवार

जंगलभित्र लगेर कारमा कसले लगायो आगो ?

१४ कार्तिक २०८२, बिहिवार
Image

झापा, १३ कात्तिक । आज मेचीनगर–१४ स्थित निचाझोडा जंगलको हातेमालो सामदायिक बन खण्डमा एउटा कार शंकास्पद रुपमा आगजनी भएको छ । 

चारआलीबाट चन्द्रगढी जाने बाटोबाट २०० मिटरभित्र आज विहान कार जलिरहेको देखेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।

जलेको कारण कारको नम्बर प्लेट यकिन हुन सकेको छैन । स्थानीयबासीले एउटा कारलाई बलपूर्वक जंगलतिर लैजाँदै गरेको देखेको र त्यसको केहीबेरमा आगो लागेको हुँदा चालकले नै कारमा आगो लगाएको हुनसक्ने बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै अहिले नै के भएको भनेर भन्न नसकिने जानकारी दिएको छ । खबर पाए लगत्तै चारआली प्रहरी चौकीबाट प्रहरीको टोली र दमकल घटनास्थलमा पुगेका थिए ।

कारका चालक भागेका छन् भने र कागजपत्र केही पनि भेटिएको छैन ।