 
                            झापा, १४ कात्तिक । गएराति दक्षिण झापाको खजुरगाछी बजारमा आगलागी भएको छ ।
राति १० बजेतिर सुरु भएको आगलागी पौने १२ बजेतिर नियन्त्रणमा आएको पत्रकार आत्माराम राजबंशीले जानकारी दिनुभएको छ ।
रेखा ढकालको घर, चन्द्र नायकको किराना पसल, राजेन्द्र ढकालको घर र त्रिभुवन आदर्श पुस्तकालयमा आगलागीबाट क्षति पुगेको बताइएको छ । रेखा ढकालको घर र चन्द्र नायकको पसल घर पूर्णरुपमा जलेको छ भने राजेन्द्र ढकालको घर र पुस्तकालय आंशिक रुपमा जलेको जनाइएको छ ।
गौरादह, कमल र शिवसताक्षीको दमकलले आगो निभाएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा सहयोग पुर्याएका थिए ।
क्षतिको विस्तृत विवरण आउन बाँकी छ । किराना पसलबाट आगो सल्किएको अनुमान गरिएको छ ।