१८ कार्तिक २०८२, सोमवार

दुधे रंगाशालामा आजदेखि झापा महिला गोल्डकप हुँदै

१८ कार्तिक २०८२, सोमवार
Image

झापा, १७ कात्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । 

‘मान्था’ चक्रवतको कारण दुई दिनपछि सरेको सर्वाधिक रु.१० लाख १० हजार राशीको प्रतियोगिता आजदेखि हुने भएको हो । 

कात्तिक २४ सम्म शिवसताक्षीस्थित दुधे रंगशालामा गोल्डकप हुने लागेको गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनुभयो । आजको उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । 

रंगशालामा एकैपटक १५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्ने गरी स्थायी र अस्याथी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, संकटा, झापा, आरएस पोखरा र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोलीले सहभागिता रहेनछ ।

प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले पाँच लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु.एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष थोप्राले बताउनुभयो ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।