२५ कार्तिक २०८२, सोमवार

ज्यामिरगढीमा जयराम दाहालको संयोजकत्वमा युथ फर सोसाइटी गठन

२५ कार्तिक २०८२, सोमवार
Image

झापा, २४ कात्तिक । मेचीनगर–१५ ज्यामिरगढीका युवाहरुले जयराम दाहालको संयोजकत्वमा युथ फर सोसाइटी गठन गरेका छन् ।

सामाजिक कार्यमा विगतदेखि नै सक्रिय युवाहरुको आज सम्पन्न भेलाले युथ फर सोसाइटीको वडास्तरीय कार्य समिति गठन गरेको हो ।

भेलाको संयोजन सोसाइटीका मेचीनगर समितिका सदस्य जयराम दाहालले गर्नु भएको थियो । उहाँ कार्य समितिको संयोजक चयन हुनु भएको छ । 

समितिको अध्यक्षमा दिपेश राउत, उपाध्यक्षमा प्रकाश खड्का, सचिवमा आयुष्का श्रेष्ठ र सहसचिवद्वयमा सन्तोष राजबंशी र सृजना राजबंशी चयन हुनु भएको कार्यक्रमका संयोजक दाहालले जानकारी दिनुभयो ।

उक्त समितिको कोषाध्यक्षमा स्मृति राउत, उपकोषाध्यक्षमा दीक्षा साह र सदस्यमा हेमराज राजबंशी, तेजप्रकाश गुरुङ, विनोद राई, सुनिल पाहान, अविरल कटुवाल, श्याम राजबंशी, नितेश करुवा, स्नेह राजबंशी, मनिषा बुढाथोकी, संगीता दाहाल, अशोक बुढाथोकी, विकास फुयाल, बिजय राजबंशी, पूजा संग्रौला, योगेश घोर्साईँ, मनिष बुढाथोकी, दिपेश खवास र पर्वत घिमिरे रहनु भएको छ ।

वडालाई नागरिकमैत्री बनाउने निर्णय

मेचीनगरका सचेत युवाहरूलाई एकै मञ्चमा ल्याएर सहकार्य, पारदर्शिता र उत्तरदायित्वका माध्यमबाट वडालाई नागरिकमैत्री बनाउन समितिको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

संविधानले प्रत्येक नागरिकको सूचनाको हक सुनिश्चित गरे अनुसार वडा कार्यालयले सार्वजनिक सूचनामार्फत अनुदान, तालिम, बैठक, नियुक्ति आदि बारे जानकारी दिनुपर्ने बैठकले वडासँग माग गर्ने निर्णय गरेको छ । 

त्यस्ता सार्वजनिक सरोकारका सूचनाहरु सामाजिक सञ्जालमार्फत निःशुल्क रूपमा सबैसम्म पुर्याइने भएको छ ।

नगरपालिकाले सफा अभियान अन्तर्गत फोहोर संकलन गर्ने गाडीलाई तालिका अनुसार हरेक हप्ता पठाउन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । 

वडाभित्रका नबलेका सडक बत्तीहरू मर्मत या फेरबदल गर्नका लागि वडा कार्यालय र जनप्रतिनिधिलाई पत्र पठाउने बैठकको अर्को निर्णय छ ।

सोसाइटीले देश–विदेशमा रहेर सामाजिक कार्य गर्दै अएको वा  रुचि राख्ने सक्रिय युवालाई अभियानमा सहभागी हुन आह्वान गरेको संयोजक दाहालले बताउनुभयो ।