झापा, ५ मङ्सिर । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारत पश्चिम बंगाल राज्य दार्जीलिङका जवरजस्ती करणी मुद्दामा कैद भुक्तन गरिरहेका ६१ बर्षीय कण बहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
विगत सात बर्षदेखि कारागारमा रहेका लिम्बू अनाचक प्रेसर बढेर विरामी हुनुभएको थियो । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा आज विहान उहाँको मत्यु भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । प्रहरीले उहाँका आफन्तलाई जानकारी भइसकेको जनाएको छ