११ मंसिर २०८२, बुधवार

अग्रज पत्रकार नकुल काजीसहित तीन प्रतिभालाई प्रतिष्ठानले सम्मान गर्ने

११ मंसिर २०८२, बुधवार
Image
Gallery Images

धुलाबारी, १० मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस बर्ष बरिष्ठ पत्रकार नकुल काजीसहित तीन जनालाई सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी पत्रकार एवम् साहित्यकार काजी, मेचीनगर नगरपालिका–७ की मालती राजवंशी र जैविक कृषक समूहलाई सम्मान गर्ने जनाएको हो ।

स्वर्गीय मातापिता लालबहादुर र भागिरथा बानियाँको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले समाजमा विशिष्ट योगदान पुर्याउने प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको अक्षयकोष स्थापना गरेको छ । 

सोही कोषको ब्याजबाट हरेक बर्ष तीन जना प्रतिभालाई नगद रु. ३१ हजार सम्मानसहित पुरस्कार दिँदै आएको छ । दुई दर्जन बढी कृति प्रकाशित र विवेचना, झापा एक्सप्रेस, इस्र्टन इको, बरुणलगायतका पत्रपत्रिकाको सम्पादन गर्नु हुने काजीलाई यस बर्षको उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हरिचरण बाँनियाले बताउनुभयो । 

यसैगरी, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीको उज्यालो भविष्य जैविक कृषक समूहलाई प्रदान गरिने भएको छ । भागीरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट मेचीनगर–७ निवासी मालती राजवंशीलाई सम्मानित हुने हुनुभएको छ । उहाँले आफ्नी १२२ बर्षीया साुआमा पुहानी राजवंशीको कुशल हेरचाह गर्दै आउनुभएको छ । 

तीन वटै पुरस्कार यही मंसिर २० गते मेचीनगर–११ मा एक समारोहबीच पुरस्कार वितरण गरिने अध्यक्ष बानियाँले बताउनुभयो ।