१३ मंसिर २०८२, शुक्रवार

पूर्वीनाकाबाट रु.एक अर्ब ३७ करोडको चिया निर्यात

१३ मंसिर २०८२, शुक्रवार
Image

झापा, ११ मङ्सिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक अवधिमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजारको चियाको निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो ।

गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा भने चालू आवको चौमासिक अवधिमा चियाको निर्यात ३७ प्रतिशतले घटेको छ । उहाँका अनुसार गत आवको उक्त अवधिमा रु। दुई अर्ब २० करोड ४८ लाख ४० हजारको चिया निर्यात भएको थियो ।

यस वर्षको चार महिनामा गत आवको सोही अवधिको तुलनामा रु। ८३ करोड १७ लाख ६२ हजार घटी चिया निर्यात भएको हुमागाईले बताउनुभयो ।