१९ मंसिर २०८२, बिहिवार

बेमौसमी वर्षाले झापामा धानको उत्पादन घट्यो

१९ मंसिर २०८२, बिहिवार
Image

झापा, १८ मङ्सिर । जिल्लामा यो बर्र्ष धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । असोज र कात्तिक महिनामा आएको बेमौसमी बर्षाका कारण गतबर्षको तुलनामा धान उत्पादन घटेको कार्यालयका प्रमुख सागर बिष्टले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा यसवर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिक टन धान उत्पादन भएको छ । असोज र कात्तिकको बर्षा कारण २३ हजार ५६४ मेट्रिक टन धान क्षति भएको उहाँले बताउनुभयो । 

जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । धानको उत्पादकत्व प्रति हेक्टर पाँच दशमलव १९ मेट्रिक टन रहेको प्रमुख विष्टले बताउनुभयो । गतबर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धान खेती गरिएकोमा तीन लाख ८२ हजार ८१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।