९ माघ २०८२, बिहिवार

झापामा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

९ माघ २०८२, बिहिवार
Image

झापा, ८ माघ ।  जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । 

उहाँले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिनुभयो । यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् । 

क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एक सहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदान स्थल र १५६ वटा मतदान केन्द्र रहेको उहाँले जानकारी दिनुभयो । 

क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख १० हजार ८५७ मतदाता, ६७ वटा मतदान स्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदान स्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ । 

यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित ४३ वटा मतदान स्थल र १४५ मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो ।