२३ चैत २०८२, सोमवार

काँकरभिट्टामा तानातान गर्ने २४ जना ‘बिचौलिया’ पक्राउ

२३ चैत २०८२, सोमवार
Image

मेचीनगर, २३ चैत । काँकरभिट्टाबाट २४ जना बिचौलियालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसपार्क, भन्सार र बजार क्षेत्रमा प्रहरीले आज अपरेसन चलाएर बिचौलियालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।

काम विशेषले नेपाल आउने यात्रुलाई बसपार्कमा तानातान गरेर बस, म्याजिक र सिटी सफारीमा जबर्जस्ती चढाउने, होटलमा पुर्याइदिन्छु भनेर बलजफ्ती तान्ने र अस्पतालहरुमा पुर्यादिन्छु भनेर तानातान गर्नेहरुलाई छानी छानी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि आज विहानैदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अपरेशन चलाएको थियो ।