६ वैशाख २०८३, आइतवार

बैशाख ८ गते विर्तामोडमा धमाकेदार कन्सर्ट, रचना र रामकृष्णहरु आउँदै

६ वैशाख २०८३, आइतवार
Image

झापा, ६ बैशाख । ‘मालती मंगले’ नामक नयाँ सिनेमाका कलाकारहरुको टोली सांगीतिक कन्सर्ट लिएर बैशाख ८ गते विर्तामोडमा आउँदैछ ।

विर्तामोडको वान स्टप मलमा आयोजना हुने सांगीतिक कन्सर्टमा रचना रिमाल र रामकृष्ण ढकालको धमाकेदार प्रस्तुति रहने कार्यक्रमको आयोजक रहेको गोखा फाउन्डेसन नेपालका अध्यक्ष बीरु दर्नालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कार्यक्रममा वर्षा राउत, बिजय बराल, म्याक्सम पौडेल, जीवन पराजुली, अनुप पौडेल लगायतको टोलीको प्रस्तुति हेर्न पाइने छ ।

मालती मंगले बैशाख २५ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ । उक्त सिनेमाका बारेमा कार्यक्रममा जानकारी दिइने बताइएको छ ।

अपराह्न ४ बजे सुरु हुने कन्सर्ट हेर्न कुनै शुल्क लाग्नेछैन । फाउन्डेसनका अध्यक्ष दर्नालले कार्यक्रममा सहभागिताका लागि झापाली सर्वसाधारण एवम् सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।