३० कार्तिक २०८३, आइतवार

थोप्लेबिरान सहकारीको अध्यक्षमा जानुका ओली सर्वसम्मत निर्वाचित

३० कार्तिक २०८३, आइतवार
Image

मेचीनगर, २९ कात्तिक । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा जानुका ओली सर्वसम्मत निर्वाचित हुनु भएको छ । 

आज सम्पन्न संस्थाको १२ औं साधारणसभाले उहाँलाई अध्यक्ष पदमा चयन गरेको हो । साधारणसभाले कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा टिका तिवारी, सचिवमा कमला चपागाई र सदस्य तारा पौडेल, रुपा कट्टेल, हरिकला खड्का, बिनु मगर, ललिता तामाङ छ जना सदस्य चयन हुनु भएको छ ।

संस्थाको साधारणसभा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष लक्ष्मी उप्रेतीकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।