१६ चैत २०८०, शुक्रवार

साढे १९ केजी सुनसहित विदेशी पक्राउ

९ पुष २०७९, शनिवार
Image

झापा, ८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुनसहित एकजना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले जानकारी दिए ।

विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए ।

प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।