१ असोज २०८१, मङ्गलवार

आज क्रिसमसको सार्वजनिक बिदा

१० पुष २०७९, आइतवार
Image

झापा, १० पुस । क्रिश्चियन धर्मावलम्बीहरुको मुख्य चाड क्रिसमस डे आज मनाइँदैछ ।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँछन् ।

सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

२०२२ वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । 

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिन्छ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै आपसमा शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।

राष्टपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले यस अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।