८ वैशाख २०८१, शनिवार

बिएण्डसीले बाढ्यो विपन्न परिवारलाई कम्बल र डसना

१० पुष २०७९, आइतवार
Image

पाठामारी, १० पुस । बिएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईले कचनकवलका गाउँपालिका क्षेत्रका विपन्न एकसय परिवारलाई कम्बल र डसना वितरण गरेका छन् । 

बिएण्डसीका सञ्चालक प्रसाईले आइतवार कचनकवल–७ को मलानी गाउँका एकसय परिवारलाई सो सामग्री वितरण गरेका हुन् । 

सामाजिक उत्तरदायित्व अन्तरगत एक हजार परिवारलाई कम्बल र डसना वितरण गर्ने योजना अनुरुप आज १०० जनालाई सो सामग्री वितरण गरिएको प्रसाईले जानकारी दिए ।

बिएण्डसीकी अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक प्रसाईले कचनकवल–७ र ५ का विपन्न परिवारको घरैमा पुगेर सो सामग्री दिएका थिए । कचनकवलका समाजसेवी शेर आलमको आग्रहमा प्रसाईले सो वितरण गरेका हुन् । 

यसैगरी प्रसाईले कचनकवलमा तीन जना किशोरी एउटै रुखमा झुन्डिएकाको घरमा पुगेर समेत सो सामग्री वितरण गरेका थिए ।

प्रसाईले कचनकवल–५ स्थित पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया शर्मिला गणेशको घरमा पुगेर उनीहरुका परिवारलाई सो सामग्री दिएका थिए ।

प्रसाईले सो क्षेत्रका जनताको दयनीय अवस्था देखेर सो सामग्री दिने घोषणा गरेका थिए । यसअघि पनि उनले खानेपानीको समस्या व्यहोरिरहेका परिवारलाई १ हजार थान ट्यूवेल प्रदान गरेका थिए ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।