१२ वैशाख २०८१, बुधवार

पत्रकार लीला अनमोल दुर्घटनामा घाइते

१२ पुष २०७९, मङ्गलवार
Image

मेचीनगर, १२ पुस । पत्रकार लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छिन् । 

 रेडियो विराटकी प्रवन्ध निर्देशक अनमोल सिटी सेन्टर अगाडि पूर्वपश्चिम राजमार्गमा आज दिउँसो १२ बजेतिर दुई वटा सवारीले ठक्कर दिँदा घाइते भएकी हुन् ।

अनमोल प्रदेश १-०१-०१५ प ९१४० नम्वर को स्कुटीमा सवार थिइन् । उनी चढेको स्कुटीलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नम्वरको भारतीय ट्रक र ना ५ ख ८११९ नम्वरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोक जवेगुले ट्रकको ठक्करपछि बससँग स्कुटी ठोक्किएको बताए । घाइते पत्रकार अनमोलको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।