८ जेठ २०८१, मङ्गलवार

रेडक्रस भद्रपुरको सभापतिमा पुन: गोपाल गिरी

१२ पुष २०७९, मङ्गलवार
Image

भद्रपुर,१२ पुस । नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको सभापतिमा गोपाल गिरी सर्वसम्मत निर्वाचित भएका छन् । सोसाइटीको आगामी दुइ वर्षे कार्यकालका लागि सभापति गिरी सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

समितिको उपसभापतिमा शर्मिला अधिकारी, सचिवमा केदार महत, कोषाध्यक्षमा रमेश भण्डारी, उपसचिवमा धनकुमारी खरेल लता र उपकोषाध्यक्षमा मन्जु दाहाल पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा मुरारी पोख्रेल, सीता भण्डारी, मित्रप्रसाद अधिकारी र विकास कोइराला तथा महिला सदस्यमा लता कार्की चापागाइ पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सभापति गिरी यस अघि पनि दुइ कार्यकाल भद्रपुर उपशाखाको सभापति भइसकेका हुन् ।