१६ चैत २०८०, शुक्रवार

प्रधानमन्त्रीद्वारा निराकारको मृत्युप्रति दुःख ब्यक्त

१६ पुष २०७९, शनिवार
Image

झापा, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्बोडियाको होटलमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शब ल्याउन पहलका लागि मुख्य सचिवलाई निर्देशन दिनु भएको छ ।

उहाँले घटनाप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

विहीवार राति कम्बोडियामा भएको उक्त आगलागीमा परेर झापाको बिर्तामोड–१ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो ।

प्रधानमन्त्री दाहालले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताउनुभयो । उहाँले सम्बन्धित निकायलाई परिचालन गर्न मुख्यसचिवलाई भनेको जनाउनु भएको छ ।