२९ वैशाख २०८१, शनिवार

घरममै हात्तीको आक्रमण : पत्नीको मृत्यु, पति घाइते

१७ पुष २०७९, आइतवार
Image

झापा, १७ पुस । जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ११ निवासी ६१ वर्षीया कृष्णमाया भण्डारीको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । 

शिवसताक्षी- ११ स्थित बच्चाबगरमा आज बिहान साढे २ बजेतिर  एउटा छावासहित चार वटाको सङ्ख्यामा आएको जङ्गली हात्ती बस्तीमा पसेको थियो । बस्तीमा पसेको हात्तीले घर भत्काउन थालेपछि सुतिरहेका भण्डारी दम्पती बाहिर निस्किएका थिए ।

त्यही क्रममा हात्तीले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते कृष्णमायाको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको छ । घाइते शान्तिरामको सोही अस्पतालमा उपचार भइरहेको छ ।