१५ वैशाख २०८१, शनिवार

काठमाडौंबाट जाडो विदा मनाउन घर फर्कदै गरेका बाबुछोरीकै विमान दुर्घटनामा परी दुखद मृत्यु।

१ माघ २०७९, आइतवार
Image

पर्वत । पोखरामा भएका विमान दुर्घटनामा परी पर्वतको कुश्माका बाबु छोरीले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा कुश्मा नगरपालिका( ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेल रहेका छन् ।

काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जाडो बिदा मनाउन जन्मघर पर्वत जानेक्रममा दुर्घटनामा परेकीे हुन् । दुर्घटनामा परी बाबु छोरकिौ मृत्यु भएपछि सिंगो गाँउ नै शोकमा डुबेको छ ।

अरुणका भाइ केशवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका थिए । मृतक पौडेल ९ वर्ष कोरियामा बसेर नेपाल फर्केका थिए । उनी मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।