१६ चैत २०८०, शुक्रवार

पत्रकार रेवतिराज घिमिरेलाई पितृशोक

६ माघ २०७९, शुक्रवार
Image

धुलाबारी, ६ माघ । लोकतन्त्र पोस्ट अनलाइनका समाचारदाता रेवतिराज घिमिरेलाई पितृशोक परेको छ । 

घिमिरेका ८७ बर्षीय बुबा केशवप्रसाद घिमिरेको विहीबार राति निधन भएको हो । उहाँको आज विहान देउनिया खोलामा हिन्दू संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।

स्व. घिमिरेका पाँच छोरा र तीन छोरी रहेका छन् ।  

छोराहरु क्रमशः डा. केपी घिमिरे, लिलानाथ घिमिरे, ज्ञानेन्द्र घिमिरे, रेवतीराज घिमिरे र डा. आशिम घिमिरे रहेका छन् भने छोरीहरु शान्ता गौतम, धनमाया फुयँल र कःपना पराजुली छन् ।

जेठो डा. केपी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, माइलो लिलानाथ कृषक, साइलो आर्मी कलेजका प्राध्यापक, काइलो रेवतिराज पत्रकार र कान्छो डा. आशिम क्यानडामा वैज्ञानिक रहेका छन् ।