१४ वैशाख २०८१, शुक्रवार

उपसभामुख बन्ने भइन् झापाकै इन्दिरा राना

६ माघ २०७९, शुक्रवार
Image

झापा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा झापाकै इन्दिरा रानालाई उम्मेद्वार बनाएको छ ।

सो पार्टीले सत्ता गठबन्धनमा उपसभामुख पद पनि पाउने सहमति भएको थियो ।

आज उपसभामुखको उम्मेद्वार दर्ता हुँदैछ । रास्वपाले सो पदमा झापा अर्जुनधारा निवासी समानुपातिक सांसद् रानालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो ।

विहीबार मात्र सभामुख पदमा झापाकै देबराज घिमिरे निर्वाचित हुनुभएको छ ।