७ वैशाख २०८१, शुक्रवार

सभामुख बनेपछि पार्टीको जिम्मेवारी त्यागे देबराजले

६ माघ २०७९, शुक्रवार
Image

झापा, ६ माघ । सभामुख देबराज घिमिरेले पार्टीको सबै जिम्मेवारी परित्याग गर्नुभएको छ ।

आज उहाँले एक विज्ञप्ति जारी गर्दै सभामुखको जिम्मेवारी निर्वाह निष्पक्ष र स्वतन्त्र रुपमा गर्नुपर्ने जनाउँदै पार्टीको जिम्मेवारीबाट अलग्गिएको बताउनुभएको छ ।

उहाँ नेकपा एमालेको प्रदेश नं. १ को अध्यक्ष हुनुहुन्थ्यो । उहाँले पार्टीको सदस्यता समेत त्याग्नु भएको छ ।