११ वैशाख २०८१, मङ्गलवार

साहित्य

गजलकार ढुंगानाले ल्याए ‘एक थान जिन्दगी’

७ माघ २०७९, शनिवार
Image

झापा, ७ माघ । कुशल शिक्षासेवी मिलनकुमार ढुंगानाको व्यक्तित्वको अर्को पाटो साहित्य सिर्जना हो ।

उहाँ साहित्यिक कार्यक्रममा बारम्बार देखिनुहुन्छ । विभिन्न स्रष्टाको कृति बिमोचनमा उहाँलाई कहिले अतिथि र कहिले समीक्षकको भूमिकामा देख्न पाइन्छ । 

तर, माध्यमिक शिक्षक ढुंगाना अब आफै स्रष्टाका रुपमा साहित्य फाँटमा उदाउनुभएको छ ।

उहाँको गजल संग्रह ‘एक थान जिन्दगी’ आज धुलाबारीको होटल रोयल निर्वाणमा विमोचन भएको छ ।

गजलका धुरन्धर विद्धान घनश्याम परिश्रमीले उहाँको कृति लोकार्पण गर्दै स्रस्टा ढुंगाना अब कुशल गजलकारको रुपमा उभिनु भएको बताउनुभयो ।

मेची बहुमुखी क्याम्पसबाट साहित्यमा स्नातकोत्तर उहाँले साहित्यकार कृष्ण धराबासीको कृृति शरणार्थीमाथि शोध कार्य गर्नुभएको थियो । 

धुलाबारी माध्यमिक विद्यालयका शिक्षक उहाँ हिमालय मल्टिपल कलेज धुलाबारीका क्याम्पस प्रमुख हुनुहुन्छ ।

यो गजल संग्रहमा १११ वटा गजल छन् । यसमा ४७ प्रकारका बहरहरू र विभिन्न मात्राका मीर बहरको प्रयोग गरिएको छ । 

कृतिमा प्राडा घनश्याम परिश्रमीले भूमिका र साहित्यकारहरु कृष्ण धरावासी, चुडामणि रेग्मी, बुँद राना र आवाज शर्माले शुभकामना सन्देश लेख्नु भएको छ ।

गजलको १३४ पेजको पुस्तकको कभर डिजाइन प्राज्ञ सभाका सदस्य पवन राजबंशीले गर्नु भएको हो ।

कृति बिमोचन कार्यक्रम सासंक प्रतिष्ठानले आयोजना गरेको थियो ।