७ वैशाख २०८१, शुक्रवार

मौसम पूर्वानुमान

पश्चिमतिर भोलि र पूर्वतिर पर्सीदेखि वर्षाको सम्भावना

९ माघ २०७९, सोमवार
Image

झापा, ९ माघ । यसवर्ष हिउँदको पहिलो वर्षा चाँडै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

माघको पहिलो साता बितिसक्दा समेत कहिँकतै वर्षा भएको थिएन । ३२ वर्ष अघि पनि यसरी नै वर्षा नभई हिउँद बितेको थियो ।

तर, बुधवारदेखि मुलुकभर मौसमी बदली भई हलुका वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज साँझदेखि सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको भनाई छ ।

सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

पश्चिमबाट पूर्वतिर वर्षा र हिमपात आउन केही दिन लाग्ने सम्भावना छ । भोलि पश्चिमतिर र पर्सी पूर्वतिर वर्षाको सम्भावना छ ।