३ असोज २०८१, बिहिवार

ग्यारेजबाट निस्केको बसले किच्दा मजदुर घाइते

९ माघ २०७९, सोमवार
Image

काँकरभिट्टा, ९ माघ । ग्यारेजबाट राजमार्गमा जाँदै गरेको बसले किच्दा ग्यारेज मजदुर घाइते भएका छन् ।

आज अपरान्ह साढे ३ बजेतिरेको घटना हो । मेचीनगर–६ काँकरभिट्टाको कालीखोला पुल पश्चिम ग्यारेजबाट राजमार्गतर्फ जाँदै गरेको मे१ख ३०८३ नम्बरको रातो बसले २२ वर्षीय जीवन बर्मनको दुबै खुट्टामा किचेको थियो ।

स्थानीय यातायात व्यवसायी तथा मजदुरहरुले एम्बुलेन्स बोलाएर घाइतेलाई उपचारका लागि बीएन्डसी हस्पिटल पठाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार ग्यारेजबाट बाहिरिदै गरेको सो बसलाई गाडीका चालकले ठेल्न अह्राएका थिए । विस्तारै गुडिरहेको बसलाई ठेल्दा अचानक बर्मनको खुट्टा चक्कामा परेको थियो ।

बसलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बसका चालक फरार भएको प्रहरीको भनाई छ ।