१२ वैशाख २०८१, बुधवार

राजनीति

सिटौला राष्ट्रपतिको सम्भावित उम्मेद्वार

१० माघ २०७९, मङ्गलवार
Image

झापा, १० माघ । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेद्वारको रुपमा पार्टीका सिनियर नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने सम्भावना छ ।

यसअघि कांग्रेसबाट अर्का सिनियर नेता रामचन्द्र पौडेल उम्मेद्वार बन्ने चर्चा थियो । 

तर, सोमवार पार्टी बैठकमा सभापति शेरबहादुर देउवाले पौडेल र सिटौलामध्ये एक जनालाई उम्मेद्वार बनाउने संकेत गर्नुभएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेकपा माओबादीलाई विश्वासमा पारेर राष्ट्रपति पदमा कांग्रेसको उम्मेद्वार जिताउने देउवाको रणनीति छ । तर, माओबादीबाट ‘समेटेर लैजाने’ भरपर्दो आश्वासन कांग्रेसले पाएको छैन ।

झापाका सिटौला यसअघि मुलुकको उपप्रधानमन्त्री र पार्टीको महामन्त्री भइसकेको सिनियर नेता हुनुहुन्छ । उहाँ माओबादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेस र तत्कालीन नेपाल सरकारको तर्फबाट अहम् भूमिका निर्वाह गरेको वार्ताकार समेत हुनुहुन्छ ।

माओबादीले घोषित रुपमै कांग्रेसका उम्मेद्वारलाई भोट हाल्ने आश्वासन दिएमा पौडेललाई र आश्वासन नआएमा सिटौलालाई उम्मेद्वार बनाउने देउवाको सोच छ ।

सिटौलाले पनि आफुलाई उम्मेद्वार बनाएमा माओबादीको मत तान्ने आइडिया रहेको बताउने गर्नुभएको छ । पौडेलभन्दा सिटौलासँग माओबादीको सम्बन्ध सुमधुर छ ।