८ वैशाख २०८१, शनिवार

कचनकवलमा दोहोरियो आत्महत्याको भयानक घटना

१० माघ २०७९, मङ्गलवार
Image

फोटो साभार :अन्नपूर्ण पोस्ट

मेचीनगर, १० माघ । सात महिना अघि एउटै रुखमा तीन किशोरीले आत्महत्या गरेको कचनकबलमा फेरि त्यस्तै घटना भएको छ ।

कचनकवल वडा नं. ४ मा आज विहान एउटै रुखमा एउटै डोरीले झुण्डिएको अवस्थामा एक युवा र एक युवतीको शब फेला परेको छ ।

एभरेस्ट चिया बगानभित्र रुखमा जोडी शब भेटिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीका जिल्ला प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

मृतक कचनकबल वडा नं. ४ का २५ बर्षीय राजेशकुमार गणेश र १८ बर्षीया पवित्रा राजवंशी रहेको पाठकले बताउनुभयो ।

सात महिना अघि कचनकबल वडा नं. ५ को चिया बगानभित्रकै अर्को रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शब भेटिएको थियो ।