८ वैशाख २०८१, शनिवार

मेची उवासंघ चुनाव

यी हुन् 'छ दलीय' साझा उम्मेद्वारहरु

१५ माघ २०७९, आइतवार
Image

मेचीनगर, १५ माघ । छ राजनीतिक दलले बनाएको साझा गठबन्धनले उम्मेद्वारहरुको नाम टुंग्याएको जनाएको छ ।

नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा साझा उम्मेद्वार उठाउने भन्दै गठबन्धन निर्माण गरेका छन् ।

स्रोतका अनुसार साझा गठबन्धनबाट अध्यक्षमा नेकपा एमालेका खेम प्रसाई उम्मेद्वार बन्नु हुने भएको छ ।

वरिष्ठ उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका तर्फबाट पन्नालाल जैन उम्मेद्वार बन्ने निश्चित भएको छ ।

उद्योग उपाध्यक्षमा एमालेका आनन्द खड्का, वाणिज्य उपाध्यक्षमा रास्वपाका भीमबहादुर कुँवर र महिला उपाध्यक्षमा राप्रपाकी सुनिता शर्मा उम्मेद्वार बन्नुहुनेछ ।

त्यसैगरी, सो गठबन्धनबाट महासचिवमा एमालेकै दिनेश शाक्य उम्मेद्वार बन्ने निश्चित भइसकेको छ ।

सदस्य र सचिव पदमा समेत छ राजनीतिक दलले साझा उम्मेद्वार चयन गरेका छन् ।

कोभिड महामारीपछि उत्पन्न आर्थिक मन्दीले सारा उद्योग व्यापार धरासायी भइरहेको अवस्थामा राजनीतिक दलहरु प्रतिष्पर्धामा नगएर सहमतिबाट साझा नेतृत्व चयन गरिदिए हुन्थ्यो भन्ने आम व्यवसायीहरुको धारणा पाइएको नेकपा एमालेका केन्द्रीय विभागका सदस्य सन्तोष आचार्य बताउनुहुन्छ ।