१६ चैत २०८०, शुक्रवार

नागरिकका गुनासा सम्बोधन गर्छु : प्रजिअ पोखरेल

१६ माघ २०७९, सोमवार
Image

भद्रपुर, १६ माघ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकका गुनासाको सम्बोधन गरिने बताउनुभएको छ ।

गृहमन्त्रालयबाट प्रजिअको जिम्मेवारी सम्हाल्न झापा आउनु भएको उहाँले आज आफ्नै कार्यालयमा पत्रकारहरुसँग अन्तरक्रियात्मक भेटघाट गर्नुभयो ।

‘आम नागरिकका गुनासोलाई सम्बोधन गर्नेछु,’ उहाँले भन्नुभयो–‘गुड गभर्नेन्स हाम्रो प्राथमिकता हो ।’

पत्रकारहरुका लागि सूचना प्रवाहलाई अझ सहज बनाउने र सञ्चारमाध्यमहरुमा आएका जानकारीलाई आधारमा मानेर समस्या समाधानका लागि अग्रसर हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारीहरु विश्वराज नेपाल र रुद्र न्यौपानेको उपस्थिति रहेको थियो ।

यसअघि झापामा प्रजिअ रहनु भएको छविराज रिजाल तनहुँ जिल्ला प्रशासन कार्यालयमा सोही पदमा सरुवा हुनुभएको छ ।