७ वैशाख २०८१, शुक्रवार

युनियनको प्रदेश अध्यक्षमा नवोदित, उपाध्यक्षमा निरौला

१६ माघ २०७९, सोमवार
Image

झापा, १६ माघ । नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा मीनकुमार नवोदित निर्वाचित हुनुभएको छ । 

विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार नवोदितलाई प्रदेशको अध्यक्षका रूपमा सर्वसम्मत निर्वाचित गरेको हो । 

नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय हुनुहुन्छ । 

नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपुर), महासचिवमा संजीव वाग्ले (सुनसरी), सचिवमा सरोज निरौला (उदयपुर), महिला सचिवमा सरला रेग्मी (पाँचथर), समावेशी सचिवमा विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित हुनुभएको छ ।

झापामा डेढ दशक अघिदेखि पत्रकारितामा क्रियाशील उपाध्यक्ष निरौला रेडियो मन्त्र र सेतोपत्र अनलाइनको सम्पादक हुनुहुन्छ ।

सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी चयन भएका छन् ।

प्रथम अधिवेशनले संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फूँयाललाई सदस्यमा चयन गरेको छ । 

यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । लेखा समितिको सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित हुनुभएको छ ।