१२ वैशाख २०८१, बुधवार

जन्मदिनमा मेमोरी किङ्ग अर्पण शर्माले दिए विद्यालयलाई रु.५१ हजार सहयोग

२३ माघ २०७९, सोमवार
Image

झापा, २३ माघ । स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ्ग) अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयलाई रु ५१ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । 

उहाँले भद्रपुर नगरपालिका– ३ मा रहेको श्री अरनीको माध्यमिक विद्यालयलाई सोमबार सो सहयोग गर्नुभएको हो । शर्माले सोही विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुलाई पोशाक तथा व्याग समेत वितरण गर्नुभएको छ । 

आफ्नो जन्मदिन विद्यालयसँग जोडिएर मनाउने सन्दर्भमा उहाँले करिब तीन घण्टा बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम समेत प्रदान गर्नुभएको थियो ।