८ वैशाख २०८१, शनिवार

करारका कर्मचारीको तलव रोकेकोमा आपत्ति

२३ माघ २०७९, सोमवार
Image

मेचीनगर, २३ माघ । मेचीनगर नगरपालिकाले करार र ज्यालादारी कर्मचारीहरुको तलव रोकेकोमा आपत्ति जनाएका छन् ।

तलव रोकेको विषयमा आज नगरपालिकामा कर्मचारीहरुले धर्ना दिएका थिए । 

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन मेचीनगरका अध्यक्ष रविनसन थापाले करारका कर्मचारीको पुस महिनाको तलव रोकेको विषयमा नगरप्रमुख, उपप्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको ध्यानाकर्षण गरेको बताए ।

‘माघ महिनाको तलव खानेबेला भइसक्यो पुस महिनाको तवल बैँक खातामा नहालेका कारण कर्मचारीहरु समस्यामा परे’, अध्यक्ष थापाले भने–‘कर्मचारीको डकुमेन्ट पुरा नभएको भनेर रोकेको रहेछ । तर, मेयरसावले कर्मचारीको तलव नरोक्नु तुरुन्त दिनु भन्ने आदेश भयो ।’ 

प्रकृयाको कुरा विस्तारै मिलाउँदा हुने भएपछि कर्मचारीको समस्या टुंगिएको थापाको भनाई छ ।