२५ असोज २०८१, शुक्रवार

मुक्तिचोकमा एक युवाद्वारा आत्मदाहको प्रयास

९ फागुन २०७९, मङ्गलवार
Image

बिर्तामोड, ९ फागुन । बिर्तामोडका एक जना युवाले मंगलवार अपरान्ह मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका छन् । शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेका हुन् ।

प्रहरीका अनुसार चौधरी झापाको बिर्तामोड–७ का बासिन्दा हुन् । उनको शरीरको पछाडिको भाग जलेको छ । उनको अवस्था सामान्य छ ।

चिकित्सकलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए ।