८ वैशाख २०८१, शनिवार

बीएन्डसीले ऋण ‘तत्काल तिर्नु नपर्ने’ अदालतको अन्तरकालीन आदेश

११ फागुन २०७९, बिहिवार
Image

झापा, १ फागुन । झापा जिल्ला अदालतले बीएन्डसी टिचिङ हस्पिटलको पक्षमा अन्तरकालीन आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुरुको करार भन्दा विपरीत बैंकको व्याज र किस्ता तिर्नु नपर्ने भनेको छ ।

बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख डा. निराजन प्रसाईंले बैंकले करारको प्रकृति अनुसार नगरेको भन्दै अदालतमा मुद्दा हाल्नु भएको थियो । अदालतले निवेदकको माग बमोजिम अन्तरकालीन आदेश जारी गर्दै तत्काल साँवा–ब्याज र किस्ता असुली नगर्न भनेको छ ।

जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले उक्त आदेश गर्नुभएको हो । यो आदेश गत माघ ९ गते जारी भएको हो ।

यो मुद्धामा बादी बीएन्डसी हस्पिटल र प्रतिबादी ग्लोबल आइएमई बैंक रहेको छ । आदेशमा मुद्धाको पूर्ण सुनुवाई नभएसम्म कुनै पनि व्याज र साँवाको किस्ता बुझाउनु नपर्ने उल्लेख छ ।

सुरुको करारमा एमबीबीएस पढाउने अनुमति पाएपछि मात्र बैंकले ब्याजलाई पूँजीकृत गर्न पाउने र किस्ता असुल गर्ने उल्लेख भएको भन्दै निवेदक प्रसाईले सो करार विपरीत बैंकले असुलीका लागि पत्र पठाएको र कालो सूचीमा राख्ने चेतावनी दिएको जनाएका छन् ।

अदालतको आदेशमा बीएन्डसीलाई कालो सूचीमा नराख्न समेत उल्लेख गरिएको छ । बीएन्डसीले लगभग पाँच अरब रुपैयाँ विभिन्न बैंकबाट ऋण लिएको बुझिएको छ ।