२३ भदौ २०८१, आइतवार

त्रिफला अध्यक्ष फलाहारीलाई पत्नीशोक

१८ फागुन २०७९, बिहिवार
Image

मेचीनगर, १८ फागुन । त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष एवम् शिक्षासेवी आदरणीय प्रेमप्रकाश पोखरेल (फलाहारी काका)लाई पत्नीशोक परेको छ ।

उहाँकी पत्नी पवित्रा पोखरेलको आज साँझ साढे पाँच बजेतिर मेचीनगर वडा नं. १० खयरडाँगीस्थित निजी निवासमा ६७ वर्षको उमेरमा स्वर्गवास भएको हो ।

मधुमेह र नसा सम्बन्धी स्वास्थ्य समस्या भएर उपचार गराइरहनु भएकी पवित्रा पोखरेलका दुई छोरा र छोरीहरु रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार शुक्रवार (भोलि) विहान १० बजे स्थानीय रामघाटमा मलामी जाने निधो भएको छ ।