२ माघ २०८१, बुधवार

तराईमा आज होली

२३ फागुन २०७९, मङ्गलवार
Image

झापा, २३ फागुन । आज होली पर्व तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । 

रंगहरुको पर्व होलीको अवसरमा तराईमा सरकारले सार्वजनिक विदा दिएको छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन तराईका जिल्लामा होली पर्व मनाइँदै आएको छ । 

उपत्याकासहित पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।

सबैलाई एउटै रंगमा रंगाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मंगोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमंग एवम् उत्साहको सञ्चार गर्दै आएको छ ।

ठाउँ अनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।