२ कार्तिक २०८१, शुक्रवार

खुट्टीडाँगीका देवीप्रसाद ११ दिनदेखि वेपत्ता

२५ फागुन २०७९, बिहिवार
Image

मेचीनगर, २५ फागुन । मेचीनगर–९, खुट्टीडाँगी निवासी देवीप्रसाद अर्याल एकाएक वेपत्ता भएका छन् । 

मानसिक सन्तुलन गुमाएका ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।

११ दिनअघि बहिनीको फारम टोल मेचीनगर–९ घर जान्छु भनेर हिँडेका देवी अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ । 

अरुबेला पनि हिँडिरहने देवीप्रसाद त्यस दिनदेखि घर फर्किएका छैनन् । खुट्टीडाँगीबाट फारम टोल दैनिक आउआउ गर्ने गरेका देवीप्रसाद कहाँ गएका छन् भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।

युवा अवस्थामा मानसिक सन्तुलन गुमाएका देवीप्रसादलाई स्थानीयले प्रायः चिन्दछन् । सबैसँग नजिक हुन खोज्ने देवीप्रसाद सहयोगी पनि थिए । सधैँजसो गाउँतिर घुम्ने देवीप्रसाद हराएको पाँच दिनपछि मेचीनगर–९ स्थित पानीटेंकीमा स्थानीयले देखेका थिए । तर, स्थानीयले हराएको भन्ने शंका गरेनन् । त्यसपछि उनी कता गए थाहा छैन ।

परिवारले उनलाई सबैतिर खोजि गरिसकेको छ । अझै भेटिएका छैनन् । उनको परिवारमा वृद्ध बाबुआमा मात्रै छन् । उनी हराएपछि परिवारमा चिन्ता थपिएको छ । 

विहीबार मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले देवीप्रसादका बुवाआमालाई भेटेका छन् । मेयर बुढाथोकीले देवीप्रसादको खोजी कार्यमा सहयोग गर्ने बताएका छन् ।